राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गरिने
सारांश
- राष्ट्रिय खेलकुद परिषद्को ६२औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ।
- त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा विशेष समारोह हुनेछ।
- सिनियर, जुनियर र पारा खेलाडीलाई नगद सहित सम्मान गरिनेछ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने विशेष समारोहमा उनीहरूलाई सम्मान गरिने छ ।
सिनियर/जुनियरमा समान १–१ पुरुष/महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १–१ लाख तथा जुनियर र पारा विधामा समान ५०–५० नगदसहित सम्मान गरिने छ ।
खेलकुद पत्रकार पुरस्कार विधामा समान १–१ पुरुष/महिलालाई समान २०–२० हजार नगदसहित सम्मानित हुने छन् ।त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४–४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ ।
सर्वोत्कृष्ट २ लाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २–२ लाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।
उत्कृष्ट खेल सङ्घलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण