आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

दर खाने दिनमा प्रधानमन्त्रीको शुभकामना : माइती र चेलीलाई पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्

सोमबार, ०९ भदौ २०८२, २० : २८
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजकाे दर खाने दिनकाे अवसरमा माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोड्दै संस्कृतिको सुगन्धले जीवन भरिओस् भन्दै शुभकामना दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा दर खाने दिनको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तीज पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित पर्व भएको बताए ।

उनले लेखेका छन्,'पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइती बिचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ। हिजोको समाज आजको जस्तो भौतिक सुविधामा थिएन, एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नु पर्थ्यो। खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन्। तीजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो। पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन्। दर माइती घरमा नै खाने चलन थियो ।'

सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको समेत उनले बताए । विवाहित छोरी सहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मीयता साट्ने अवसरका रूपमा तिज पर्व रहेको उनले बताए । 

s

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप