तीजले एकजुट हुन प्रेरणा दिन्छ: अध्यक्ष दाहाल
सारांश
- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले सामाजिक सम्बन्ध विस्तार गर्ने बताए ।
- उनले तीज महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरे ।
- अध्यक्ष दाहालले परम्पराका नाममा रहेका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज मनाउन आग्रह गरे ।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले भनेका छ, “तीज आआफ्ना माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुख दुःख साट्ने र पुराना सम्बन्ध पुनः ताजगी गर्ने तीज महिलाको सांस्कृतिक पर्व हो ।”
पूर्वीय दर्शनमा तीज पर्वको महत्त्व र प्रारम्भको आफ्नै इतिहास छ । लक्ष्य प्राप्तिका लागि कठिन सङ्घर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तीज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणका लागि प्रेरणा दिने पर्वका रूपमा मनाउन थालिएको छ ।
परम्पराका नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज पर्वलाई मनाउन आवश्यक भएको अध्यक्ष दाहालको भनाइ छ । उनले भनेका छ, “तीज पर्वमा भित्रिन सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरूप्रति सचेत रहँदै लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रूपमा तीज मनाउन म सबैमा अनुरोध गर्दछु ।”
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण