फिल्म ‘पोखरेली मसिनो’ शुभमुहूर्त
सारांश
- फिल्म 'पोखरेली मसिनो' कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा बन्ने भएको छ।
- यो फिल्म बाबु-छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा निर्माण हुनेछ, जसमा शान्ति गिरीको लेखन रहनेछ।
- फिल्मको सुटिङ पोखरामा बुधबारबाट सुरु हुनेछ, जसमा टिका पहाडी, प्रवीण खतिवडा लगायतका कलाकारहरुको अभिनय रहनेछ।
काठमाडौँ । फिल्म ‘पोखरेली मसिनो’ निर्माण हुने भएको छ । कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीको निर्देशनमा फिल्म बन्न लागेको हो । तिजको अवसर पारेर ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमका बिच फिल्मको शुभमुहूर्त गरिएको हो ।
बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्न लागेको हो । फिल्मको निर्माण कार्की आफैले गर्न लागेका हुन् ।
कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनो शीर्षकमा यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ।
कार्यक्रममा टिका पहाडी, परीक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता रहेको थियो । फिल्मको सुटिङ बुधबारबाट पोखरादेखि सुरु हुनेछ । ३० दिनको छायाङ्कन तालिका रहेको फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परीक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारको अभनय रहनेछ ।
फिल्ममा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ। फिल्म बजेट तीन करोड बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण