मस्कका कम्पनीहरूले किन हाल्यो एप्पल र ओपनएआईविरुद्ध मुद्दा ?
सारांश
- एलोन मस्कका कम्पनीहरूले एप्पल र ओपनएआईविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।
- मस्कका अनुसार एप्पल र ओपनएआईले 'अवैध गठबन्धन' बनाएर प्रतिस्पर्धा रोकेका छन्।
- एक्सले एप्पलले ओपनएआईलाई प्राथमिकता दिएको र यसले बजारमा स्वस्थ प्रतिस्पर्धा रोक्ने दाबी गरेको छ।
वासिङ्टन डिसी । अमेरिकी उद्योगपति एलोन मस्कका दुई कम्पनी एक्स र एक्सएआईले एप्पल र ओपनएआईविरुद्ध अमेरिकामा आधिकारिक रूपमा मुद्दा दायर गरेका छन्।
मस्कका कम्पनीहरूले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीलाई रोक्नका लागि ‘अवैध गठबन्धन’ बनाएको आरोप लगाएका हुन्। एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपनएआईको च्याटबट एकीकृत गर्ने कदम प्रतिस्पर्धा नियमविपरीत भएको दाबी गरिएको छ।
एक्सले यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धा रोक्ने भन्दै यसलाई प्रतिस्पर्धा नियमहरूको उल्लङ्घन भनेको छ। मस्कले यसअघि पनि एप्पलमाथि ओपनएआईलाई प्राथमिकता दिएको आरोप लगाएका थिए। उनका अनुसार एप्पलले आफ्नो एपस्टोरमा ओपनएआईको भिजिबिलिटी बढाइरहेको छ, जुन गलत कदम हो।
एप्पलले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर ओपनएआईले भने यो मुद्दा ‘मस्कबाट भइरहेको निरन्तर उत्पीडनको हिस्सा’ मात्र भएको दाबी गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण