वीरगञ्जमा हैजा संक्रमित संख्याको घट्न थाल्यो, अस्पतालबाट डिस्चार्ज हुनेहरू बढे
सारांश
- वीरगञ्ज महानगरमा हैजा संक्रमितको संख्या घट्दै गएको छ, तर अझै नियन्त्रणमा आइसकेको छैन।
- नारायणी अस्पतालमा निःशुल्क उपचार सुरु भएपछि बिरामीको चाप बढेको छ, जसले गर्दा संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ।
- हैजाबाट हालसम्म ९५ जना संक्रमित भएका छन्, जसमा केही आईसीयू र एचडीयूमा उपचाररत छन्।
वीरगञ्ज । वीरगञ्ज महानगरमा पाँच दिनअगाडि भेटिएका हैजा संक्रमितहरूको संख्या घट्न थालेको छ । चार दिनअगाडि ह्वात्तै बढेको हैजा संक्रमितको संख्या भने सोमबारदेखि धेरै हदसम्म नियन्त्रणमा आएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अस्पतालमा भर्ना हुनेको संख्याभन्दा निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको संख्या बढेको जनस्वास्थ्य कार्यालय पर्साको आँकडाले देखाएको छ ।
पाँच दिनमा अस्पताल भर्ना भएमध्ये १७१ जना डिस्चार्ज भएर घर फर्किसकेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका शाखा अधिकृत जयमोद ठाकुरले बताए । उनका अनुसार ६ गतेदेखि सुरु भएको हैजाका बिरामीहरूको संख्या ८०/९० को हाराहारीमा थियो, तर हिजोदेखि यो संख्या ६० मा झरेको छ ।
झाडापखाला र हैजाका गरी हालसम्म महानगरका विभिन्न अस्पतालमा २२० जना उपचाररत रहेका कार्यालयले जनाएको छ । हैजा फैलिएको पाँचौँ दिनसम्म ३९१ जना बिरामीहरू विभिन्न अस्पतालमा भर्ना भएका थिए ।
नारायणी अस्पतालमा बिरामीको चाप
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा सबै बिरामीको उपचार निःशुल्क गर्न भनेपछि यहाँ भर्ना हुनेको संख्या बढेको छ । निजी अस्पतालमा जाँच गराइरहेका बिरामीहरू अहिले नारायणी अस्पतालमा जान थालेका कार्यालय पर्साले जनाएको छ ।
औषधिसहित सबै निःशुल्क पाउने भएपछि अस्पतालमा बिरामी बढी भर्ना हुन थालेका अस्पतालका प्रवक्ता उदय नारायण सिंहले बताए । उनका अनुसार अहिले मात्रै नारायणीमा ६० जनाभन्दा बढी उपचाररत छन्, १७ जना आज (मंगलबार) डिस्चार्ज भए ।
नारायणीसँगै वीरगञ्ज हेल्थ केयर, तराई अस्पताल, नेशनल मेडिकल कलेज, अर्लो अर्थो सेन्टर, सर्वोत्तम हस्पिटल, प्रभु अस्पताल, भवानी अस्पतालसहित १२ वटा निजी अस्पतालमा बिरामीहरू उपचाररत छन् ।
९५ जनामा पुष्टि
महानगर र जिल्लाभरिमा हैजाका नयाँ बिरामीहरूको संख्या तेस्रो अंकमा प्रवेश गर्न लागेको छ । जिल्लाका पोखरिया नगरपालिकामा हैजाको नयाँ बिरामी भेटिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको कार्यालय पर्साले जनाएको छ ।
जनस्वास्थ्यका शाखा अधिकृत ठाकुरका अनुसार अहिले पोखरिया अस्पतालमा हैजा संक्रमित बिरामीहरू भर्ना भएका छन् । तर वास्तविक विवरण भने आइनसकेको उनले बताए ।
‘त्यो विवरण आएपछि हैजा संक्रमितहरूको संख्या सयभन्दा बढी हुनेछ,’ उनले भने । यद्यपि, अहिलेसम्म हैजा संक्रमितको संख्या ९५ रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । यसमध्ये २४ जना आईसीयू, ६ जना एचडीयू र १९० जना जेनरल वार्डमा भर्ना रहेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण