बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँ ल्याइयो इन्द्रजात्राका लागि लिङ्गो, तस्बिरहरू
फोटोफिचर

काठमाडौँ ल्याइयो इन्द्रजात्राका लागि लिङ्गो, तस्बिरहरू

मङ्गलबार, १० भदौ २०८२

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिङ्गो (‘यःसिं) काठमाडौँ ल्याइएको छ । मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुर्जु पल्टन) सहितको टोली वन प्रस्थान गरी य:सिं आज काठमाडौँको भोटाहिटी ल्याइएको हो ।

indra jatra (1)

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९:०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन् ।

indra jatra (2)

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९:५२ को साइतमा तानेर नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि भदौ १९ गते बिहीबार बिहान १०:३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिनेछ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रूपमा सुरु भएको मानिन्छ।

indra jatra (3)indra jatra (4)indra jatra (5)indra jatra (6)indra jatra (7)indra jatra (8)indra jatra (9)indra jatra (10)indra jatra (11)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया