ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
सारांश
- ललितपुर महानगरपालिकाले सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ।
- महानगरले २०८२ आश्विन मसान्तभित्र लेखा परीक्षण र वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
- तोकिएको समयमा प्रतिवेदन नबुझाए जरिवाना लाग्ने र अन्य मापदण्ड पालना गर्न महानगरको चेतावनी छ।
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो ।
बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ । त्यसैगरी, वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था स्मरण गराइएको छ ।
महानगरले तोकिएको अवधिभित्र प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिएको छ । साथै, प्रतिवेदन पेश गर्दा चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न आग्रह गरिएको छ ।
यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने भन्दै सचेत गराइएको छ । सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण