निखिलको 'आचार्य' फ्लोरमा
बुधबार, ११ भदौ २०८२, ११ : ३२
सारांश
- फिल्म 'आचार्य' को छायाङ्कन भारतको पश्चिम बङ्गलास्थित डुअर्समा सुरु भएको छ।
- फिल्मका निर्देशक निखिल उप्रेती हुन् र सञ्चिता लुईटेलले नृत्य निर्देशकको रूपमा डेब्यु गर्दैछिन्।
- फिल्ममा निखिल उप्रेती, पूर्णिका सिजापति, प्रमोद अग्रहरि, लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ।
काठमाडौँ । फिल्म 'आचार्य'को छायाङ्कन सुरु भएको छ । भारतको पश्चिम बङ्गलास्थित डुअर्सबाट मंगलबारदेखि फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मका निर्देशक अभिनेता निखिल उप्रेती हुन् ।
निर्देशक निखिल उप्रेती, भारतीय अभिनेत्री पूर्णिका सिजापति लगायतको दृश्यबाट फिल्मको छायाङ्कन सुरु गरिएको अभिनेत्री सञ्चिता लुईटेलले जानकारी दिइन् । लुईटेलका अनुसार भारतका केही स्थानको छायाङ्कनपछि फिल्म काठमाडौँ र स्याङ्जामा पनि खिचिनेछ ।
फिल्ममा उप्रेती र पूर्णिकासहित प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मबाट अभिनेत्री लुइँटेलले नृत्य निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । एक गीतमा सञ्चिताले कोरियोग्राफी गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण