जनयुद्धका मान्यता स्थापित भएको भए आजको अराजकता रोक्न सकिन्थ्यो : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सङ्ख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले सङ्घर्ष कठिन बनाएको बताए।
- प्रचण्डले पालिकास्तरमा जनताको सङ्घर्षका गाथा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए, जसले सबै दलका सहिदलाई सम्मान गर्ने बाटो खोल्नेछ।
- प्रचण्डले जनयुद्धलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने र आतङ्ककारी गतिविधिका रूपमा मात्रै व्याख्या गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्ख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले आफूहरूको सङ्घर्षलाई कठिन बनाएको बताएका छन् ।
बुधबार काठमाडौँमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “सङ्घर्षमा सिरानचोक” पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, सहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । सङ्ख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले हाम्रो सङ्घर्षलाई कठिन बनाएको छ,” कार्यक्रममा उनले भने ।
प्रचण्डले ७५३ वटै पालिकामा जनताको सङ्घर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्नेमा समेत जोड दिए ।
प्रत्येक पालिका र वडा स्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा सङ्कलन गरेर एउटा ठुलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने उनले बताए ।
“नवराज जीले गर्नुभएको यो कार्य प्रेरणादायी छ। यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ। यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ,” उनले भने ।
अध्यक्ष प्रचण्डले यस अघि प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्ध सँग सम्बन्धित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्चिएको उल्लेख गरे । उनले भर्ने माओवादी जनयुद्धलाई अछुतको रूपमा होइन, इतिहासको महत्त्वपूर्ण अङ्गका रूपमा मान्यता दिने प्रयास सुरु भएकोमा धन्यवाद ।’
उनले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
“जनयुद्धलाई आतङ्ककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रूपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ,” उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण