मिनियापोलिसस्थित क्याथोलिक विद्यालयमा गोलीकाण्ड, कम्तीमा २० जना घाइते
सारांश
- मिनेसोटाको मिनियापोलिसस्थित क्याथोलिक विद्यालयमा गोली चल्दा २० जना घाइते भएका छन्।
- एक बन्दुकधारीले गोली चलाएका थिए जसलाई प्रहरीले निष्क्रिय पारेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको लागि प्रार्थना गर्न आग्रह गरेका छन्।
मिनेसोटा । अमेरिकाको मिनेसोटा राज्यको प्रमुख सहर मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा गोलीकाण्ड हुँदा कम्तीमा २० जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार, एक जना कालो कपडा लगाएका राइफल बोकेका बन्दुकधारीले गोली चलाएका थिए। केही बेरमै उनलाई ‘निष्क्रिय’ पारिएको र हाल क्षेत्रमा कुनै सक्रिय खतरा नरहेको प्रहरीले जनाएको छ।
घटनास्थल ५३औं एवेन्यू र ब्रायन्ट एवेन्यू साउथ वरिपरि धेरै एम्बुलेन्स पुगेका छन्। एफबीआई, स्टेट पेट्रोल र मिनियापोलिस प्रहरीले घटनास्थल नियन्त्रणमा लिएका छन्।
यस घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “एफबीआई तुरुन्तै घटनास्थल पुगेको छ। ह्वाइट हाउसले यो भयानक घटनालाई निरन्तर निगरानी गर्नेछ। कृपया प्रभावित सबैका लागि प्रार्थना गर्नुस्।’
सीबीएस न्युजका अनुसार गोलीकाण्ड एक घण्टा अगाडि सुरु भएको थियो र हालसम्म घाइतेहरूको औपचारिक विवरण सार्वजनिक भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण