मन्त्री दाहालद्वारा सडक आयोजना कार्यालय भवन उद्घाटन
बिहीबार, १२ भदौ २०८२, १२ : ११
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले झापाको दमकमा सडक आयोजना कार्यालयको उद्घाटन गरे।
- मन्त्री दाहालले सडक बिस्तारको काम तोकिएको समयमै सक्न निर्देशन दिए।
- कार्यालय भवन ८ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको हो, जुन सडक डिभिजनलाई हस्तान्तरण हुनेछ।
झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।
मन्त्री दाहालले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
त्यसक्रममा मन्त्री दाहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिए ।
योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । कार्यक्रममा सडक विभागका महा निर्देशक डा विजय जैसी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरूको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण