विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
सारांश
- एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समेट्न माग गरेको छ।
- सङ्गठनले २५ बुँदे सुझाव समेट्न माग गर्दै विधेयकका प्रावधानहरूमा आपत्ति जनाएको छ।
- विधेयकमा अस्थायी शिक्षकको स्थायीत्व, गोल्डेन ह्यान्डसेक रकम, र बढुवा सम्बन्धी विषयहरू नसमेटिएकोमा सङ्गठनको असन्तुष्टि छ।
काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले प्रतिनिधि सभामा पुगेको विद्यालय शिक्षा विधेयकमा छुटेका विषयहरू समेट्न माग गरेको छ । सङ्गठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै २५ बुँदे सुझाव समेट्न माग गरेका हुन् ।
विधेयकका कतिपय प्रावधानहरु शिक्षा ऐन २०२८ ले व्यवस्था गरेका प्रावधान भन्दा पनि पश्चगामी रहेको विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ सबै पक्षले अपनत्व महसुस गर्ने अग्रगामी विद्यालय शिक्षा ऐन निर्माणका लागि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै तपसिल बमोजिम विद्यालय शिक्षा विधेयकमा संशोधन र परिमार्जनका लागि आग्रह गर्दछौ’, जारी विज्ञप्तिमा भनिएको छ ।
सङ्गठनले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमतिअनुसार नभएको, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम किटान नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, सबै अस्थायी अवधि गणना नभएको लगायत विषय विधेयकमा नसमेटिएकोमा सङ्गठनले आपत्ति जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण