उखु किसान आन्दोलनबारे गगन थापाले भने– ७० रुपैयाँ नै अनुदान दिनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग बुधबार भेटवार्ता गर्दै उनले आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी तत्काल गर्नुपर्ने बताए ।
बजेटको अभावका कुराहरू बाहिर आए पनि यस्तो अवस्था नरहेको उनको तर्क रहेको छ ।
थापाका अनुसार चालु आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत 'उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने शीर्षकमा २ अर्ब रुपैयाँ छुट्याइएको छ ।
यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले बताए ।
एउटै निर्णय होस्
थापाले कृषिमन्त्रीसँग किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए थिए ।
किसानहरूलाई पटक–पटक सडकमा आउने अवस्था सिर्जना गर्नु नहुने बताउँदै उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु–आयामिक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याएको बताएका छन् ।
विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर–खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण