उम्मेदवार छनोट विधिमा सर्वत्र स्वीकार्यता देखिएको छ : रास्वपा
सारांश
- रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक बनाउने जनाएको छ।
- पार्टीले प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि-२०८२ स्वीकृत गरेको छ।
- रास्वपाले प्रदेश र जिल्ला संगठनलाई सशक्त बनाउन आवश्यक अख्तियारी दिने निर्णय गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गरेको छ । बुधबार सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो पार्टीले कृतज्ञता व्यक्त गरेको हो । साथै आगामी छनोट प्रक्रियामा पनि साथ दिन अनुरोध गरियो ।
‘प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनुभएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्त्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान गरियो’, रास्वपाले भन्यो ।
यसैगरी पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि– २०८२ बैठकले स्वीकृत गरेको छ ।
बैठकले प्रदेश तथा जिल्ला सङ्गठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र सङ्गठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेस गर्न निर्देशन दिने निर्णय गरेको छ ।
यसैगरी कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन आवश्यक नीति–कार्यक्रमका सुझाव सहितको प्रतिवेदन पेस गर्ने कार्यमा संलग्न गराउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण