प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई गराए जानकारी
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन भ्रमणमा जाँदैछन् ।
- ओलीले शाङ्घाई शिखर सम्मेलनमा भाग लिनेछन् र बेइजिङमा जापानी आक्रमण विरुद्धको युद्धको वार्षिकोत्सव परेडमा सहभागी हुनेछन् ।
- भ्रमणका क्रममा उनले चीन, रुस, भियतनाम, माल्दिभ्स, लाओस र कम्बोडियाका नेताहरूसँग साइडलाइन वार्ता गर्नेछन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू भदौ १४ गतेदेखि १८ गतेसम्म चीनका राष्ट्रपति सी जिन पिङको निमन्त्रणा चीनमा जान लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफू चीन जाने कार्यक्रमबारे जानकारी गराएका छन् ।
तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलनमा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति पिङसँग भेट गर्ने जानकारी दिए । सम्मेलनमा सहभागी भएर तियानमिनबाट रेलमार्फत भदौ १७ गते बेइजिङ जानेछन् ।
बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवका कार्यक्रमको परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
चीन भ्रमणका क्रममा आफूले चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स, कम्बोडियाका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने तय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण