एनआरएनहरूले नेपालको सम्पत्ति बेचेर विदेशमा लैजान हुँदैन : पूर्वअध्यक्ष आचार्य
सारांश
- एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले दोहोरो नागरिकता पाएपछि सम्पत्ति विदेश लैजाने आरोपबारे कुरा गरे।
- उनले नागरिकता सहज नहुँदा सम्पत्ति बेच्नुपर्ने अवस्था रहेको र सरकारले यसलाई सहज बनाउनुपर्ने बताए।
- आचार्यले विदेशमा कमाएको पैसा नेपालमै लगानी गर्नुपर्ने र जन्मभूमिको माटो विदेशमा लैजान नहुने विचार व्यक्त गरे।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले दोहोरो नागरिकता पाएपछि एनआरएनहरूले सम्पत्ति बेचेर विदेशमा लैजान्छन् भन्ने आरोप लाग्ने गरेको बताएका छन्।
गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा आचार्यले एनआरएनलाई नागरिकता दिने हो भने सम्पत्ति बेचेर लैजान नहुने प्रष्ट पारे। उनका अनुसार अझै पनि सहजै नागरिकता नपाउँदा सम्पत्ति बेचेर जानुपर्ने अवस्था बनेको छ र त्यसको अन्त्यका लागि सरकारले सहज व्यवस्था गर्नुपर्छ।
आचार्यले जन्मभूमिको माटो बेचेर विदेशमा लैजान नहुने उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूले आर्जेको कमाइ नेपालमै लगानी गर्नुपर्ने धारणा राखे। उनले भने, “जन्मभूमिको माटो बेचेर विदेशी भूमिमा नलगिदिनुस्, सकेसम्म नेपालमै लगानी गरौँ। देशमा जस्तो अवस्था भए पनि एनआरएनहरूले गरेका लगानी राम्रा छन्।”
कार्यक्रममा गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका प्रतिनिधिहरूले संघको आगामी गतिविधि सहज बनाउन सहयोगस्वरूप नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण