माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने
शुक्रबार, १३ भदौ २०८२, १८ : ५६
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरू मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरूको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण