विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी
सारांश
- गुल्मीको लाहुरे गाउँमा विश्वयुद्धका नेपाली योद्धाको सम्मानमा गोर्खा ग्यालरी स्थापना गरिएको छ।
- लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा ग्यालरी स्थापना गरेका हुन्, जसमा विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर राखिएको छ।
- ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र विवरण राखिएको छ।
गुल्मी । विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् ।
ग्यालरी पछिल्लो समय अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा विकसित हुन थालेको छ । लाहुरेहरुको इतिहासलाई जीवन्त राख्नका लागि ग्यालरी निर्माण गरिएको बुढाथोकीको भनाइ छ ।
भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरुको इतिहासलाई जीवन्त राख्न उनीहरुका तस्बिर राखेर भूपु गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको हो । यसले भार्से पुग्ने जोकोहीका लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्वपूर्ण सहयोग पुर्याउने भार्सेका सामाजिक अगुवा नरबहादुर बूढाथोकीले बताए ।
भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीले बताए । भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ ।
जसमा कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बूढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बूढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बूढाथोकीले जानकारी दिए ।
गिरीप्रसाद र श्रीप्रसाद बूढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरु रहेका छन् । उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीका बुवा मोतीबहादुर बूढाथोकी पनि विश्वयुद्ध लडेका थिए । भार्सेमा जन्मिएका लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकी अहिल हङकङमा बस्छन् ।
बूढाथोकीले ग्यालरीका लागि करिब रु ५७ लाख लगानी गरेका छन् । ‘स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहासलाई जोगाउने प्रत्यन मात्र गरेको हुँ’, उनले भने । भार्से ग्यालरीमा भार्सेली भारतीय, बिर्टिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीसहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ ।
पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै जान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण