सरकार गरिखाने वर्गको पक्षमा छ - मुख्यमन्त्री बानियाँ
हेटौँडा । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार गरिखाने वर्गको पक्षमा रहेको बताएका छन् । सबै नागरिकलाई कामको नैतिकताका आधारमा हेर्ने गरी अघि बढेको उनले बताए ।
चितवन उद्योग संघको ३४ औं वार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँ प्रदेश सरकारको प्राथमिकता उद्यमी र परिश्रमी नागरिकलाई समर्थन गर्नु रहेको स्पष्ट पारे । बारम्बारको सरकार परिवर्तनले देशको विकास र विशेषगरी ‘गरिखाने वर्ग’को प्रगतिमा बाधा पुर्याएको उनको भनाइ छ ।
उनले वर्तमान गठबन्धन सरकार पाँचबर्से स्थायित्व प्रदान गरी लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक मेरुदण्डका रुपमा रहेका बताए । उद्योगी–व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्न वर्तमान सरकार गठन भएको उनले दाबी गरे । लामाले देशको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणालीमा रहेको औंल्याए ।
‘प्रदेश सरकार अब ‘ठगी खाने’ र ’मागी खाने’ नभई ‘गरिखाने वर्ग’को पक्षमा उभिनेछ । समाजलाई धनी र गरिबको पुरानो दृष्टिकोणबाट नभई कामको नैतिकताका आधारमा हेरिनुपर्छ,’ उनले भने, ‘प्रदेशको आर्थिक गतिविधिलाई बढावा दिन भारतसँगको ठोरी नाकालाई व्यापारिक मार्गका रुपमा खोल्न उच्च प्राथमिकता दिनेछौँ । सरकारले उद्योग, खानेपानी, सिँचाइ, जलविद्युत् र पर्यटन जस्ता क्षेत्रमा गौरवका आयोजना अघि बढाउने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण