आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउँछौँ : वरिष्ठ नेता गौतम
शनिबार, १४ भदौ २०८२, २१ : ४५
१
सारांश
- एकीकृत समाजवादीका नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरे।
- उनले पार्टीलाई बहुमतमा पुर्याउन नेता तथा कार्यकर्तालाई आग्रह गरे, र गरिबी अन्त्य गर्ने प्रतिबद्धता जनाए।
- गौतमले 'एक व्यक्ति, एक जिम्मेवारी' सहित पार्टी अघि बढ्ने बताए, र उनी पहिलो पटक धनगढी बैठकमा सहभागी भए।
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।
आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।’
‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उनी पहिलोपटक सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण