इन्जुरी समयको पेनाल्टी गोलमा युनाइटेडको नाटकीय जित
सारांश
- म्यानचेस्टर युनाइटेडले बर्न्लीलाई ३-२ गोलले पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्यो।
- खेलमा ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए।
- युनाइटेडका गोलकिपरको गल्ती र एन्टोनीको पेनाल्टीका कारण खेल रोमाञ्चक बन्यो।
म्यानचेस्टर । ओल्ड ट्राफोर्डमा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पाएको पेनाल्टी सफलतापूर्वक गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई बर्न्लीविरुद्ध महत्वपूर्ण तीन अङ्क दिलाएका छन्। शनिबार भएको खेलमा युनाइटेड ३-२ गोलले विजयी बनेको हो ।
हिलो हाफमा जोस कलेनको आत्मघाती गोलको मद्दतले युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफमा लाइल फोस्टरले बराबरी गोल फर्काए पनि लगत्तै ब्रायन एम्बुमोले युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए ।
तर खेलमा युनाइटेडका गोलकिपर अल्टाय बायिन्दिरको अर्को गल्तीले पाहुना टोलीलाई बराबरीमा फर्काएको थियो। उनको त्रुटिको फाइदा उठाउँदै जैडन एन्टोनीले दोस्रोपटक गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए।
तर इन्जुरी समयमा एन्टोनी नै निर्णायक क्षणमा खलनायक बने। युनाइटेडका अमाडलाई रोक्ने क्रममा उनले पेनाल्टी क्षेत्र प्रवेश गर्दा जर्सी तानेका थिए। रेफ्री स्याम बारोटले सुरुमा पेनाल्टी नदिए पनि भीएआरको हस्तक्षेपपछि निर्णय परिवर्तन भयो।
चार मिनेटको समीक्षापछि पेनाल्टी दिइयो। यसअघि ६ दिनअघि फुलहमविरुद्ध पेनाल्टी असफल भएका फर्नान्डेजले यस पटक आत्मविश्वासका साथ प्रहार गर्दै बललाई जाली चुमाए।
यस नाटकीय जितसँगै रुबेन आमोरीमको नेतृत्वमा रहेको युनाइटेडले यो सिजन पहिलो जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण