दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने
आइतबार, १५ भदौ २०८२, ०९ : ००
सारांश
- दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै डीडीसी कार्यालयमा धर्ना दिने भएका छन्।
- अखिल नेपाल किसान महासंघका अनुसार धर्ना मध्याह्न १२ बजे डीडीसी कार्यालयमा हुनेछ।
- दुधको मूल्य भुक्तानीको माग सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिने भएका छन् ।
अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने तयारी छ ।
दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् । धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण