अखिल (क्रान्तिकारी)द्वारा ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक खुला वक्तृत्व प्रतियोगिताको घोषणा
काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुला डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत देश–विदेशका इच्छुक नेपाली नागरिकलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको हो। संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले पुस्तकालय विभागले गर्न लागेको कार्यक्रम इतिहासको दस्तावेजीकरणका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
अध्यक्ष विजय प्रकाश सापकोटाले आजको युगमा पुस्तकालयको महत्व अझ बढेको भन्दै विभागको रचनात्मक पहलको प्रशंसा गरे। महासचिव रोशन थापामगरले यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री र युगानुकूल गतिविधि आवश्यक पर्नेमा जोड दिए। पुस्तकालय तथा अभिलेख विभाग प्रमुख समकृति पुनले प्रतियोगिताको विस्तृत रुपरेखा प्रस्तुत गरिन्।
उनका अनुसार नेपाली भाषामा तयार गरिएको अधिकतम ५ मिनेटको भिडियो २०८२ भदौ १५ गते साँझदेखि भदौ ३१ गते राति १२ बजेसम्म संगठनको इमेल ([email protected] ) मा पठाउन सकिनेछ।
प्राप्त सामग्रीलाई संगठनको आधिकारिक पेजमार्फत प्रशारण गरिनेछ। प्रतियोगिताको मूल्याङ्कनमा विषयगत पक्षलाई ६० अंक र सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ४० अंकको भार दिने व्यवस्था गरिएको छ।
घोषणा कार्यक्रममा उपाध्यक्ष उमेश कडेल, उपमहासचिव जटिल कार्की र निरोज श्रेष्ठ, सचिव युन्छो हाङ मावो लिम्बु, कोषाध्यक्ष फूलमाया राना लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चालन केन्द्रीय सचिवालय सदस्य उद्धव रिजालले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण