गंगा सोनाम बनिन् नेपाल आइडल छैटौँ सिजनको विजेता, कसले कति रकम पाए ?
आइतबार, १५ भदौ २०८२, २२ : ३६
काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् ।
कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ । यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।
कसले कति पाए ?
पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्त
चौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँ
सेकेण्ड रनरअप (तेस्रो)–दर्शना गान्धारी, ५ लाख रुपैयाँ
फस्ट रअनरअप (दोस्रो)–बबिता थापामगर, १० लाख रुपैयाँ
विजेता–गंगा सोनाम, २५ लाख रुपैयाँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण