बागमती प्रदेशसभा बैठक बस्दै
सोमबार, १६ भदौ २०८२, ०९ : ३९
सारांश
- बागमती प्रदेशसभाको बैठक सोमबार बिहान हेटौँडामा बस्नेछ।
- बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्, प्रत्येक सांसदलाई २ मिनेटको समय दिइनेछ।
- प्रदेश स्तरीय चिट्ठा विधेयक व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धी विधेयक पारित गर्ने तयारी छ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक बस्दै छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने छ ।
प्रदेशसभाको उक्त बैठकमा विशेष समयको कार्यसूची रहेको छ । विशेष समयमा सांसदहरूले समयसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा विकास निर्माण र निर्वाचन क्षेत्रका समस्या बारे आफ्ना धारणा राख्नेछन् । विशेष समयमा प्रत्येक सांसदलाई २ मिनेटको समय निर्धारण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा बोल्ने सांसदको लिस्ट लामो रहेकाले उक्त समय निर्धारण गरिएको हो ।
बैठकमा प्रदेश स्तरीय चिट्ठा विधेयक व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको छ । बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयक माथिको प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने तयारी रहेको छ । विधेयक माथिको प्रतिवेदन समितिले आइतबारको बैठकमा पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण