बैतडीमा पहिरो, एक घर पुरियो
सोमबार, १६ भदौ २०८२, १२ : ००
धनगढी । बैतडीमा वर्षासँगै खसेको पहिरोमा एक घर पुरिएको छ। आइतबार अपराह्न सुर्नया गाउँपालिका–२ कटनोली चौपातामा माथि रहेको कच्ची सडकबाट खसेको पहिरोले घर पुरिएको प्रहरीले जनाएको हो।
स्थानीय गिरिस चन्दको दुई तले घर पुरिएको हो। घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
उनका अनुसार घाइतेलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ । पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन्।
अन्य घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण