भारतसँगको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्छौँः सरकारका प्रवक्ता
सोमबार, १६ भदौ २०८२, १७ : २८
सारांश
- सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादबाटै समाधान गर्ने स्पष्ट पारेको छ।
- मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ताले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका सीमा विवादबारे जानकारी दिए।
- प्रधानमन्त्रीले चीनसँगको छलफलमा लिपुलेक नाकाको विषयमा आफ्नो धारणा राखेका थिए, जसमा चीनले हस्तक्षेप नगर्ने बताएको छ।
काठमाडौँ । सरकारले नेपाल र भारतबिचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत अन्य सीमा विवादलाई कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।
लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत–चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनिया समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए ।
जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रस्ट पारेको उनले बताए । उनले दुई देशबिचको समझदारीका कारण नेपालको भूमि मिच्न नपाइने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण