सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौँ : अग्नि सापकोटा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन् ।
उपाध्यक्ष सापकोटाले संसद्मा पार्टीको सङ्ख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे ।
सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
सरकार अधिनायकवाद, तानाशाही र निरङ्कुशतातिर गइरहेकाले आफूहरूले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।
उनले भने,‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । संसद्मा हाम्रो सङ्ख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौँ । र, म अहिले तपाईँहरूलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु । अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरूको बीचमा भयानक ठुलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरङ्कुशता गइरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरूमा चाहिँ सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ । गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’
उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबिच पनि भयानक ठुलो अन्तर्विरोध रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण