डोटीमा अविरल वर्षा : बाढीको उच्च जोखिममा नागरिक, सवारी सञ्चालनमा राेक
सोमबार, १६ भदौ २०८२, २१ : २१
काठमाडौँ । आइतबार रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण डोटीको पहाडी क्षेत्र र खप्तड राष्ट्रिय निकुञ्ज आसपासका नागरिक उच्च जोखिममा परेका छन्।
पहिरो, बाढी र कटानको खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार सूचना जारी गरेको छ ।
सेती नदी तथा आसपासका खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, निरन्तर वर्षाका कारण जिल्लाका मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म पहिरोको सम्भावना बढी रहेको जनाइएको छ।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालन नगर्न भनिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण