नास-आईटीको अध्यक्षमा गौरवराज पाण्डे चयन
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज् (नास–आईटी)को अध्यक्षमा गौरवराज पाण्डे चयन भएका छन् ।
पाण्डे सोमबार २०२५–२६ को नयाँ कार्यसमितिको अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि उपाध्यक्ष रहेका थिए । पाण्डे एकबाना सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
नास–आईटीको उपाध्यक्षमा दिपेन चापागाईं चयन भएका छन् । लगपोइन्टको कन्ट्री डिरेक्टर रहेको चापागाईं यसअघि महासचिव थिए । त्यसैगरी एम्निल टोक्नोलोजिजकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) एलिशा श्रेष्ठ महासचिवमा चयन भएकी छन् । श्रेष्ठ यसअघि कार्यसमिति सदस्यको भूमिकामा थिइन् ।
यस्तै अभय पौडेल पुन: कोषाध्यक्षमा चयन भएका छन् । लिपफ्रग टेक्नोलोजिजका प्रमुख सञ्चालन अधिकृत (सीओओ) कैलाश विजयनन्द र एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला कार्यसमिति सदस्यमा पुन: चयन भएका छन् ।
बीआईसी टेक्नोलोजिजको सहसंस्थापक प्रार्थना शाख कार्यसमिति सदस्यमा चयन हुँदा नास-आईटीको संस्थापक अध्यक्ष रिचन श्रेष्ठ र निवर्तमान अध्यक्ष सन्तोष कोइराला कार्यसमिति सदस्यमा चयन भएका छन् ।
अध्यक्ष बनेकाहरू पुनस् कार्यसमिति सदस्य भएर काम गर्नुपर्ने नास-आईटीको विधानमा व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण