इयूमा एप्पलले आइफोन १२ को रेडियो पावर घटाउने
सारांश
- एप्पलले युरोपेली संघमा आइफोन १२ को रेडियो ट्रान्समिटरको शक्ति घटाउन सफ्टवेयर अपडेट गर्ने भएको छ।
- यो अपडेट फ्रान्सको परीक्षण रिपोर्टको आधारमा फ्रान्समा गरिएको परिवर्तन अनुरूप हुनेछ।
- एएनएफआरले उपकरणबाट हुने उत्सर्जनको कारण सेप्टेम्बर २०२३ मा आईफोन १२ को बिक्री रोक्न आदेश दिएको थियो।
पेरिस। एप्पलले आफ्ना रेडियो ट्रान्समिटरको शक्ति घटाउनका लागि युरोपेली सङ्घ ९इयू० भरीका आइफोन १२ ह्याण्डसेटमा सफ्टवेयर अपडेट गर्ने भएको छ ।
‘आगामी हप्ताहरूमा’ इयूभरी सफ्टवेयर अपडेट गर्ने योजना निर्धारित गरिएको छ । अपडेट फ्रान्सको एएनएफआर रेडियो फ्रिक्वेन्सी प्राधिकरणको परीक्षणपछिको रिपोर्टको आधारमा फ्रान्समा फोनहरूमा २०२३ मा गरिएको परिवर्तन अनुरूप हुनेछ।
“हामी फ्रान्सेली एएनएफआरको परीक्षण दृष्टिकोणसँग असहमत छौँ तर युरोपेली आयोगको निर्णयको सम्मान गर्दछौं,” एप्पलले एक विज्ञप्तिमा भनेको छ।
“ग्राहकहरूले आफ्नो आईफोन १२ लाई अहिलेजस्तै पूर्ण आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।
एएनएफआरले उपकरण हातमा राख्दा मानव शरीरले अवशोषित गरेको अत्यधिक विद्युत् चुम्बकीय उत्सर्जनको कारण देखाउँदै सेप्टेम्बर २०२३ मा आईफोन १२ को बिक्री रोक्न आदेश दिएको थियो ।
एप्पलले तुरुन्तै प्रभाव सच्याउनका लागि फ्रान्सका लागि मात्रै अपडेट गरेको थियो।
युरोपेली आयोगले एएनएफआरको आधिकारिक जर्नलमा सोमबार प्रकाशित अगस्ट १९ को निर्णयमा एएनएफआरको निष्कर्ष र त्यसपछिका कदमहरूको पुष्टि गर्दै यसलाई ‘न्यायोचित’ भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण