सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुट्यो
सारांश
- एक्पर्ट हाइड्रोले ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ।
- सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आयोजनामा लगानी गर्नेछन्।
- रुकुमपूर्वमा बन्ने आयोजना ४२ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ, जसको लागत ९ अर्ब ६० करोड रहनेछ।
काठमाडौँ । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैङ्कको नेतृत्वमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।
आयोजनामा सिटिजन्स बैङ्कले रु दुई अर्ब ५० करोड, नवील बैङ्कले रु एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले रु एक अर्ब २० करोड, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले समान एक/एक अर्ब लगानी गर्ने भएका हुन् ।
सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कूल रु नौ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिनुभयो । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।
नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफीकोट सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रूपमा २८३ दशमलव ३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण