जात व्यवस्था फोहोर–मैला हो
अब जात व्यवस्थालाई वास्तवमै के हो भन्नुपर्ने बेला आएको छ र जातमुक्त विश्व निर्माण गर्ने समय आएको छ । सिधा कुरा गरौँ, जात व्यवस्था फोहोर–मैला हो (कास्ट इज क्राप); मानवलाई अमानवीकरण गर्ने, मानवनिर्मित पदानुक्रम हो, २१औँ शताब्दीको मानव अधिकारमा आधारित विश्वमा यसको कुनै स्थान छैन । सहयात्रा इन्टरनेसनल अलायन्स फर सोसल जस्टिसका अध्यक्ष, नेपाल दलित इनफो इन्टरनेसनल नेटवर्कका संस्थापक तथा ‘कन्फेरेन्स फर अ कास्ट फ्री वर्ल्ड २०२५’ का आयोजक सभापतिको हैसियतमा मैले प्रत्यक्ष देखेको छु कि जातीय प्रणालीले समाजलाई कसरी टुक्र्याउँछ, असमानतालाई गाढा बनाउँछ र करोडौँ मानिसलाई पुस्तौँसम्म पीडा भोग्न बाध्य पार्छ ।
जात व्यवस्था स्वाभाविक रूपमा जन्मिएको होइन, यसलाई पुरानै समयमा समाजले नै निर्माण गरेको हो । जिनोमिक र मानवशास्त्रीय प्रमाणहरूले देखाउँछन् कि सिन्धु उपत्यकाका प्रारम्भिक उच्च वर्गीय समूहहरूले युरेसियन र एनाटोलियन आप्रवासीसँग रक्तसम्बन्ध मिलाएपछि आफ्ना विशेषाधिकारलाई जोगाउन अन्तर्विवाह (इन्डोगेमी) र शोषणकारी श्रम प्रणालीमार्फत जात व्यवस्थालाई संस्थागत गरे । यो कुनै परम्परागत मूल्यहरूको प्रतीक होइन, यो त सामाजिक संरचनाको विकृत परिणाम हो । त्यसैले आज जो विश्वका २६ करोड दलितहरू, जसमध्ये नेपालको झन्डै १५ प्रतिशत जनसंख्या छन्— स्रोत, प्रतिनिधित्व र सम्मानबाट व्यवस्थित रूपमा वञ्चित हुन बाध्य छन् ।
कानुन मात्र पर्याप्त छैन, संरचनात्मक परिवर्तन चाहिन्छ हो, नेपालको हालको संविधानले सकारात्मक कदमहरूलाई समेटेको छ । दलितका लागि निःशुल्क उच्च शिक्षा, आरक्षित राजनीतिक प्रतिनिधित्व र भूमिसम्बन्धी अधिकार आदिको प्रावधान राखेको छ तर प्रणालीगत जडताका कारण यी प्रावधान प्रायः खोक्रा वाचा मात्र बनेका छन् । कानुन कागजमा त हुन्छन्, तर कार्यान्वयन र गहिरो सामाजिक रूपान्तरणविना, दैनिक जीवनमा खासै परिवर्तन ल्याउँदैनन् ।
मैले सधैँ भन्ने गरेको छु र अझै भन्छु, जातीय भेदभाव अन्त्य गर्न कानुनी सुधार मात्र पर्याप्त हुँदैन; यसका लागि राजनीतिक, सामाजिक र धार्मिक दृष्टिकोणमै ठुला भूकम्पीय परिवर्तन आवश्यक छन् । हामीले पदानुक्रमलाई वैध ठान्ने धार्मिक अनुष्ठान र विश्वासलाई चुनौती दिनुपर्छ, सार्वजनिक संस्थाहरूलाई पुनः आकार दिनुपर्छ र ऐतिहासिक रूपमा बहिष्कृतहरूलाई वास्तविक सशक्तीकरणका उपाय दिनुपर्छ ।
२०२५ मे २५–२७ मा टोरन्टोमा भएको ‘ग्लोबल कन्फेरेन्स फर अ कास्ट फ्री वर्ल्ड’ केवल एक कार्यक्रम मात्र थिएन, यो एउटा ठुलो घोषणा थियो । सहयात्राको नेतृत्वमा आयोजित यस ऐतिहासिक सम्मेलनले १८ जना प्रमुख वक्ता, २० भन्दा बढी प्रस्तुतकर्ता र झन्डै चार सय सहभागीलाई धेरै मुलुकबाट एकै ठाउँमा ल्यायो । जातीय विभाजनको विश्वव्यापी स्वरूप, स्वास्थ्य र जलवायु न्यायमा यसको प्रभाव, प्रवासी समाजमा रहेको जातीय विभेद र यसलाई अन्त्य गर्ने साझा रणनीतिहरूमा यस सम्मेलनले गहिरो छलफल गर्यो । यो सम्मेलनले आवाजहरूलाई जोड्ने कार्य मात्रै गरेन, ‘टोरोन्टो डिक्लेरेसन’ जारी गर्यो, जसले भविष्यमा बाल्टिमोर–लन्डनदेखि हङकङसम्म हुने सम्मेलनहरूको तयारीका लागि विश्वव्यापी कार्ययोजना, ऐक्यबद्धता र संस्थागत सुधारको मार्गचित्र प्रस्तुत गर्यो ।
जात संस्कार होइन, जात सम्पदा होइन, अब यो कसैको पहिचान पनि होइन । यो त श्रमजीवी वर्गका मानिसलाई शोषण, विभाजन र नियन्त्रण गर्न निर्माण गरिएको एउटा कुहिएको फोहोरी सामाजिक संरचना हो । यो रहुन्जेल करोडौँ मानिस भेदभाव, असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा र बहिष्कारको सिकार भइरहन्छन् ।
जात संस्कार होइन, जात सम्पदा होइन, अब यो कसैको पहिचान पनि होइन । यो त श्रमजीवी वर्गका मानिसलाई शोषण, विभाजन र नियन्त्रण गर्न निर्माण गरिएको एउटा कुहिएको फोहोरी सामाजिक संरचना हो । यो रहुन्जेल करोडौँ मानिस भेदभाव, असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा र बहिष्कारको सिकार भइरहन्छन् ।
हामीले साहसपूर्वक भन्नैपर्छ : जात व्यवस्था फोहोर–मैला हो र अब हामी यस यसको समाप्ति–विन्दुमा छौँ । त्यसैले यस संरचनालाई कानुनी, सांस्कृतिक र संस्थागत रूपमा ध्वस्त पारौँ । प्रभावित समुदायहरूको आवाज र अझै जात र लिङ्गको दोहोरो बोझ बोक्ने दलित महिलाहरूको आवाजलाई सशक्त पारौँ । राज्यका विभिन्न स्तरमा निकायका सबै बजेट र प्रतिनिधित्वमा जवाफदेहिता संस्थागत पारौँ । यी सबै प्रयासलाई सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा होस् वा सुधार आन्दोलनमा, नीति निर्माणमा होस् वा समुदाय स्तरमा अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा गाँसौँ ।
विज्ञ, नीतिनिर्माता र नागरिक समाज लगायत राजनीतिक, सामाजिक र आध्यात्मिक नेतालाई म यस जन्म–जन्मान्तरको अन्यायविरुद्ध विद्रोहमा सामेल हुन आह्वान गर्दछु । ‘जात व्यवस्था फोहोर–मैला हो’ भन्नु नारा मात्र होइन, यो विश्वव्यापी आन्दोलन बनोस्, जसले हामीलाई समानता, गरिमा, र मानव उन्नतितर्फ अगाडि बढाओस् ।
(ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानडाका बाह्यप्रदायक प्राध्यापक डा. रसालीले सन् २०२३ मा मेम्फिस विश्वविद्यालयमा रेस एन्ड हेल्थ पोलिसीसम्बन्धी फुलब्राइट चेयरको भूमिका निर्वाह गरेका थिए । २०२५ मा टोरन्टोमा सम्पन्न ग्लोबल कन्फरेन्स फर ए कास्ट–फ्री वल्र्डको अध्यक्षता समेत गरेका रसालीलाई मचयलब।चबकबष्२िागदिचष्नजतmबष्।ियचन मा सम्पर्क गर्न सकिन्छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण