अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीका पूर्व शीर्ष अधिकारीहरूले लगाए ट्रम्प प्रशासनमाथि यस्तो आरोप
सारांश
- अमेरिकी स्वास्थ्य एजेन्सीका पूर्व शीर्ष अधिकारीहरूले ट्रम्प प्रशासनले एजेन्सीलाई कमजोर पारेको आरोप लगाए।
- सीडीसी निर्देशक सुसान मोनारेजलाई बर्खास्त गरिएपछि अन्य चार शीर्ष अधिकारीहरूले पनि राजीनामा दिए।
- स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जूनियरले प्रत्येक अमेरिकीको स्वास्थ्यलाई जोखिममा पारेको आरोप छ।
वासिङ्टन डिसी । अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीका नौ जना पूर्व शीर्ष अधिकारीहरूले सोमबार डोनाल्ड ट्रम्प प्रशासनले एजेन्सीलाई कमजोर बनाएको आरोप लगाएका छन् । खोपमाथि नै शङ्का गर्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जूनियरले प्रत्येक अमेरिकीको स्वास्थ्यलाई जोखिममा पारिरहेको आरोप पनि उनीहरूले दिएका छन् ।
राष्ट्रपति ट्रम्पले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक सुसान मोनारेजलाई बर्खास्त गरेसँगै पूर्व शीर्ष अधिकारीहरु आक्रोशित बनेका हुन् । रोबर्ट केनेडी जूनियरसँगको झगडा र उनको खोप नीतिलाई समर्थन गर्न अस्वीकार गरेको आरोपमा सुसान मोनारेजलाई गत हप्ता बर्खास्त गरिएको थियो ।
सुसान मोनारेज बर्खास्त भएपछि सीडीसीका अन्य चार शीर्ष अधिकारीहरूले पनि एजेन्सीबाट राजीनामा दिएका थिए । यसले एजेन्सीको कामकारबाहीमा नराम्रो असर पारेको छ । रोचक कुरा चाहिँ के हो भने केनेडी जुनियर आफैं भने खोपका समर्थक होइनन् ।
कोभिडको समयमा उनले कोरोना भाइरस विरुद्धको खोप अभियानको आलोचना गरेका थिए । केनेडीले प्रत्येक अमेरिकी नागरिकको स्वास्थ्यलाई जोखिममा पारिरहेको विज्ञहरूको एक लेखमा उल्लेख गरिएको छ । सीडीसी अमेरिकी राष्ट्रपतिहरूको अधीनमा काम गर्ने एजेन्सी हो ।
केनेडी जुनियरले सीडीसी र देशको सार्वजनिक स्वास्थ्य प्रणालीको साथमा जे गरे त्यो पहिले कहिल्यै नदेखिएको स्वास्थ्य विज्ञहरूको भनाइ छ । केनेडीले हजारौं संघीय स्वास्थ्यकर्मीहरूलाई बर्खास्त गरेको, अमेरिकीहरूलाई क्यान्सर, हृदयघात र अन्य रोगहरूबाट जोगाउन बनाइएका कार्यक्रमहरूलाई कमजोर बनाएको र दशकौँमा देशको सबैभन्दा ठुलो दादुरा प्रकोपको समयमा खोपको प्रभावलाई कम आङ्कलन गरेको कुरा पनि उनीहरूले आफ्नो लेखमा औँल्याएका थिए ।
लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने अपेक्षा गरिएको संघीय कानूनलाई पनि केनेडी जुनियरले समर्थन गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
-
पोखरा महानगरको बजेट पारित
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण