प्रभु बैंकको सहयोगमा उद्यमी बन्ने दिशामा गण्डकीका विद्यार्थी, १५ जनाले प्रस्तुत गरे व्यावसायिक योजना
सारांश
- गण्डकी प्रदेशका तीन क्याम्पसका विद्यार्थीलाई लक्षित गरी उद्यमशीलता इन्क्युबेसन कार्यक्रम निर्णायक चरणमा पुगेको छ।
- प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा इन्क्युबेसन सेन्टरहरूमा विद्यार्थीहरूले व्यावसायिक योजना प्रस्तुत गरे।
- यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा उद्यमशीलताको वातावरण बनाउनु र स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्नु हो।
पोखरा । गण्डकी प्रदेशका तीन क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालित उद्यमशीलता इन्क्युबेसन कार्यक्रम निर्णायक चरणमा पुगेको छ ।
प्रभु बैंक र आइडिया स्टुडियो नेपाल सहकार्यमा बाग्लुङको धवलागिरि बहुमुखी क्याम्पस, म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पस र पोखराको कालिका क्याम्पसमा स्थापित इन्क्युबेसन सेन्टरहरूबाट विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका ती आइडिएटर विद्यार्थीहरूले हालै आ-आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका हुन् ।
नयाँ आइडियाको प्रस्तुतिसँगै उनीहरूको व्यावसायिक सोच कार्यान्वयनको बाटो फराकिलो भएको छ । यस सफलताबाट आफूहरूको सोचले सार्थकता पाएको महसुस भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । विगत केही महिनादेखिको अथक प्रयासले अहिले मूर्तरूप लिएको उनको भनाइ छ ।

यो कार्यक्रमका लागि प्रभु बैंक, आइडिया स्टुडियो नेपाल र क्याम्पसहरूबिच भएको त्रिपक्षीय रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ लामा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह-प्राध्यापक बिरेनजी गौतमले हस्ताक्षर गरेका थिए।
समझदारीको मुख्य उद्देश्य विद्यार्थीहरूमा उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउनु, नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नु र उनीहरूलाई स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न प्रेरित गर्नु थियो। यसमा बिउ लगानीका लागि प्रभु बैंकले सहयोग गर्ने जनाएको छ ।
त्यस्तै आइडिया स्टुडियो नेपालले क्याम्पसहरूमा इन्क्युबेसन सेन्टरको विकास गरी विद्यार्थीहरूलाई उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप, मार्गदर्शन र अन्य पाटोका सम्बन्धमा विभिन्न चरणका तालिमहरू प्रदान गरेको थियो।
आइडिया स्टुडियोले विद्यार्थीहरूलाई बिजनेस प्लान विकास गर्ने, आवश्यक सर-सल्लाह प्रदान गर्ने र शिक्षकहरूलाई समेत अनुसन्धानको क्षेत्रमा अगाडि बढाउनका लागि सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण