राष्ट्रियसभा बैठक
सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस
मङ्गलबार, १७ भदौ २०८२, १६ : २९
काठमाडौँ । राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ ।
समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।
विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ । प्रतिनिधिसभाको असार १५ गतेको बैठकले विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो ।
राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिले दफावार छलफल गरी सर्वसम्मतिबाट पारित गरेर सभामा पेस गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण