जोर्नी दुखाइ अब युवाहरूको पनि समस्या, गर्नुहोस् यी योगासन
सारांश
- बदलिँदो जीवनशैलीका कारण युवाहरूमा पनि जोर्नी दुखाइ बढ्दै गएको छ।
- योगले जोर्नी दुखाइ कम गर्नुका साथै हड्डी र मांसपेशीलाई बलियो बनाउँछ।
- वज्रासन, त्रिकोणासन, सेतुबन्धासन, भुजंगासन र ताडासन जोर्नी दुखाइ कम गर्न प्रभावकारी छन्।
काठमाडौँ । बदलिँदो जीवनशैली, लामो समयसम्म बसेर काम गर्ने बानी र खानेकुरामा देखिने अव्यवस्थाका कारण जोर्नी दुखाइ अब केवल वृद्धवृद्धामै सीमित छैन, युवाहरूमा पनि सामान्य समस्या बन्दै गएको छ।
औषधिले केही समयको लागि मात्र राहत दिन्छ, तर स्थायी समाधान चाहनुहुन्छ भने योग सबैभन्दा उत्तम विकल्प हो। योगले दुखाइ कम गर्नुका साथै हड्डी र मांसपेशीलाई बलियो बनाउँछ र शरीरलाई लचिलो राख्छ।
यदि तपाईं जोर्नी दुखाइबाट दीर्घकालीन राहत चाहनुहुन्छ भने औषधिमा मात्र भर नपरी दैनिक जीवनमा योगलाई समावेश गर्नुहोस्। बिस्तारै अभ्यास सुरु गर्नुस् र आसनहरू सही तरिकाले गर्न प्रशिक्षित योग शिक्षकको मार्गदर्शन लिनुहोस्। नियमित अभ्यासले दुखाइ कम गर्ने मात्र होइन, शरीरलाई फिट र ऊर्जावान् पनि बनाउँछ।
- जोर्नी दुखाइ कम गर्न ५ प्रभावकारी योग आसन

१. वज्रासन
यो आसनले पाचन प्रणाली सुधार गर्छ। खाना खाएपछि बस्ने आसन मानिए पनि, वज्रासन जोर्नी दुखाइमा पनि फाइदाजनक छ। नियमित पाँचदेखि १० मिनेट वज्रासन बस्दा घुँडाको कडापन कम हुन्छ र मांसपेशी बलियो बन्छ।

२. त्रिकोणासन
त्रिकोणासनले शरीरलाई तन्काएर हड्डीहरूलाई बलियो बनाउँछ। यसले मेरुदण्ड, घुँडा र गोलीगाँठो वरिपरिको मांसपेशी सक्रिय गर्छ। घुँडा वा कम्मरमा निरन्तर दुखाइ हुनेहरूका लागि यो आसन धेरै उपयोगी छ।

३. सेतुबन्धासन (पुल पोज)
यो आसनले ढाड र घुँडाको दुखाइ कम गर्छ। सुतेर गर्ने यो आसनले मेरुदण्ड र नसामा रक्त प्रवाह बढाउँछ, जसले पुरानो दुखाइ घटाउँछ र शरीरलाई मजबुत बनाउँछ।

४. भुजंगासन
भुजंगासनले मेरुदण्डलाई बलियो बनाउँदै ढाड दुखाइमा राहत दिन्छ। यसले ढाडका मांसपेशीलाई तन्काएर लचिलोपन ल्याउँछ। ढाड र जोर्नी दुखाइ दुवैका लागि यो आसन लाभकारी छ।

५. ताडासन
ताडासनले सम्पूर्ण शरीरलाई तन्काउँछ र रक्तसञ्चार बढाउँछ। लामो समय उभिनुपर्ने वा खुट्टा दुख्ने समस्यामा यो आसन विशेष उपयोगी मानिन्छ। यसले हड्डीमा पर्ने दबाब कम गरेर शरीरलाई सन्तुलित राख्छ।
अस्वीकरण : यो लेख योग विशेषज्ञहरूको सुझावमा आधारित छ। आसनको सही अभ्यासका लागि अनिवार्य रूपमा योग प्रशिक्षक वा विशेषज्ञसँग परामर्श लिनुहोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण