शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

बुधबार, १८ भदौ २०८२, १७ : ४०
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । नेपाल भारोत्तोलन सङ्घ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबिच खेलाडी उपचारका लागि बुधबार सम्झौता भएको छ ।

ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनै पनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिनेछ ।

औषधि तथा फार्मेसी सेवा, भर्ना भई उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन सङ्घले जनाएको छ ।

भारोत्तोलन सङ्घले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामावली, भारोत्तोलन सङ्घको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप