विद्यालय शिक्षा विधेयक सच्चाउन माग गर्दै धर्ना र ज्ञापनपत्र
बिहीबार, १९ भदौ २०८२, १४ : १९
काठमाडौँ । विद्यालय शिक्षा विधेयक सच्चाउन माग गर्दै नेपाल शिक्षक महासङ्घले विभिन्न पाँच वटा पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार एकै दिन ५ वटा पार्टी कार्यालय पुगेर महासङ्घका प्रतिनिधिहरुले धर्ना दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।
महासङ्घले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।
यसअघि महासङ्घले प्रमुख राजनीतिक पार्टी कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको कार्यालय पुगेर धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण