बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

असोज १ देखि बेलहियामा एकीकृत चेकजाँच बिन्दु सञ्चालन हुने

बिहीबार, १९ भदौ २०८२, १४ : ४२
बिहीबार, १९ भदौ २०८२

सारांश

  • रुपन्देहीको बेलहिया नाकामा असोज १ गतेदेखि एकीकृत चेकजाँच बिन्दु (आईसीपी) सञ्चालनमा आउने भएको छ।
  • आईसीपी सञ्चालनले नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि सहयोग गर्नेछ।
  • लुम्बिनी प्रदेश, जिल्ला प्रशासन र सिद्धार्थनगर नगरपालिकाहरूले आ-आफ्नो जिम्मेवारी निभाउनेछन्।

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, नेपाल–भारत सीमा नाका बेलहियामा असोज १ गतेदेखि थप व्यवस्थित र प्रभावकारी रूपमा एकीकृत चेकजाँच बिन्दु (आईसीपी) सञ्चालनमा ल्याइने भएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आईसीपीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट बेलहिया नाकामार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको हो।

यसका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आवश्यक जनशक्ति, चेकजाँच स्टिकर र साधनस्रोत उपलब्ध गराउने छ। जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षाको प्रबन्ध मिलाउने, निरन्तर अन्तर–निकाय समन्वय र नियमित अनुगमन गर्ने जिम्मेवारी पाएको छ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाले चेकजाँच कक्ष निर्माण, खानेपानी तथा सरसफाइको प्रबन्ध, सीमा क्षेत्रको सौन्दर्यीकरण र स्रोतसाधन व्यवस्थापन गर्नेछ। रुपन्देहीका सुरक्षानिकायले सुरक्षा चेकजाँच, स्टिकर जारी गर्ने तथा आवश्यकता अनुसार जनशक्ति र समन्वयात्मक सहयोग गर्ने पाण्डेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप