अपडेट
रास्वपाका नेता बदन भण्डारीलाई आक्रमण गर्नेबारे प्रहरीले अनुसन्धान गर्दै
बिहीबार, १९ भदौ २०८२, १६ : ०४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि कपनमा अज्ञात व्यक्तिहरूले आक्रमण गरे।
- आक्रमणपछि भण्डारीको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भयो र उनी डिस्चार्ज भए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शंकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण गर्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बुधवार राति ८ बजेर ४५ मिनेटमा भण्डारीलाई ३ जना अपरिचितले कपन स्थित प्रगति चोकमा आक्रमण गरेका थिए ।
बौद्धस्थित स्तुपा अस्पतालमा उपचारपछि भण्डारी डिस्चार्ज भएका छन् । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘शंकास्पदहरुसँग हामीले सोधपुछ गरिरहेका छौँ ।’
घटनास्थल र आसपासका सिसिटिभी फुटेज समेत विश्लेषण गरेर अनुसन्धान गरिएको एसपी बोहराले जानकारी दिए । भण्डारीले आक्रमणबारीहरु आफूले नचिनेको प्रहरीसँग बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण