स्ववियु चुनावको रिस पाताले छाँगोमा : खुकुरी हान्ने पनि कांग्रेस, घाइते पनि कांग्रेस
पोखरा । पोखराको पाताले छाँगोमा खुकुरी प्रहार गर्ने बंशज खवास पनि कांग्रेसकै भ्रातृ संगठन नेविसंघको सदस्य रहेको खुलेको छ ।
उनले नेविसंघ केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलमाथि आक्रमण गरेका थिए । खवास प्रहरी नियन्त्रणमा छन् भने पौडेल अस्पतालमा उपचाररत छन् । घटना पाताले छाँगोमा भए पनि पौडेल र खवासको व्यक्तिगत रिसिइबीका कारण समस्या भएको बताइएको छ ।
पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णयसँगै बिहीबार लफडा हुँदा खुकुरी प्रहार भएको थियो ।
कांग्रेस स्रोतका अनुसार पृथ्वीनारायण क्याम्पसको स्ववियु चुनावले विवाद सिर्जना गरेको हो । त्यही घटनाको बदलामा बिहीबार प्रतिवाद गरेको बताइएको छ ।
'पीएनमा निर्दोष पक्षले घटना घटाएको थियो । उनीविरूद्द प्रहरीमा उजुरी पनि छ,' स्रोत भन्छ, 'घटना पाताले छाँगोमा भए पनि त्यहाँको विषयसँग जोडिँदैन ।' बिहीबार पाताले छाँगोको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइ भएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण