निजामती सेवा सरकार चलाउने विश्वासिलो र महत्त्वपूर्ण अङ्ग : सञ्चार सचिव
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउने विश्वासिलो र महत्त्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताएकी छन् ।
निजामती दिवस २०८२ का सन्दर्भमा शुक्रबार हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले भनिन्,“निजामती सेवाको कार्यशैली अरू क्षेत्रमा पनि प्रभावित हुनेहुँदा यसको गौरवलाई जोगाउनु पर्छ ।”
साथै उनले हुलाक टिकटमार्फत निजामती सेवाको मर्म र सन्दर्भलाई प्रदर्शन गर्नुले सकारात्मक प्रचारको काम गरेको बताइन् ।
कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले निजामती सेवाको गौरव बढाउने किसिमका हुलाक टिकट प्रदर्शनीले आउने पुस्तालाई इतिहाससँगै सेवाको महत्वसमेत बुझाउन प्रेरित गर्ने बताइन् ।
रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठ, सागर भुसाल, किशोर शर्मा, प्रदीप बज्रचार्य, मिलन चन्द्र जोशी, दिनेशराज मस्के, केदार प्रधान, दिनेशप्रसाद आचार्य र दिपेन्द्ररत्न शाक्यले सङ्कलन गरेका हुलाक टिकट प्रदर्शनीमा राखिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण