सामाजिक सञ्जालमार्फत महिलाहरूको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
शुक्रबार, २० भदौ २०८२, १६ : २५
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाहरूको चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
दिनेश कार्की नामक व्यक्तिले फेसबुकमा फेक अकाउन्ट बनाएर महिलाहरूसँग मित्रता गर्दै अश्लील भिडियो पठाउने, अपशब्द प्रयोग गरी गाली गलौज गर्ने र चरित्र हत्या गर्ने कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।
साइबर ब्यूरोमा पीडित महिलाहरूको निवेदन प्राप्त भएपछि आवश्यक अनुसन्धान र प्राविधिक विश्लेषणबाट दिनेश कार्कीको ठेगाना सुनसरी, रामधुनी नगरपालिका वडा नं. ३ रहेको पुष्टि भएको थियो। उनको पक्राउ इलाका प्रहरी कार्यालय पकली, सुनसरीको सहयोगमा भदौ १९ गते सुनसरी जिल्लाबाट गरिएको र आज काठमाडौं जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानको लागि पाँच दिन म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण