बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तानलाई घाटा, दक्षिण अफ्रिका शीर्ष ५ मा उक्लियो

शनिबार, २१ भदौ २०८२, ०८ : ४५
शनिबार, २१ भदौ २०८२

सारांश

  • दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई पराजित गर्दै आईसीसी ओडीआई वरीयतामा शीर्ष ५ मा स्थान बनाएको छ।
  • दक्षिण अफ्रिकाको जितले पाकिस्तानलाई एक स्थान तल झार्‍यो, जसले गर्दा पाकिस्तान छैटौं स्थानमा पुग्यो।
  • भारत १२४ रेटिङका साथ पहिलो स्थानमा यथावत् छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । इङ्ग्ल्यान्डविरुद्धको हालैको एकदिवसीय (ओडीआई) शृङ्खला जितेपछि दक्षिण अफ्रिका आईसीसीको ओडीआई वरीयताको शीर्ष ५ मा पुगेको छ। यसअघि अफ्रिकी टोली छैटौँ स्थानमा थियो। 

यस जितको सोझो असर पाकिस्तानमा परेको छ, जुन एक स्थान तल झरेर छैटौँ स्थानमा पुगेको छ। इङ्गल्यान्ड भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिकाको रेटिङ ९८ बाट बढेर १०१ पुगेको छ। 

यसले गर्दा १०० रेटिङ भएको पाकिस्तान टोली एक स्थान तल झर्न बाध्य भएको हो। यस सूचीमा भारतीय टोली १२४ रेटिङका साथ पहिलो स्थानमा यथावत् छ।

  • आईसीसी एकदिवसीय टोली वरीयता (रेटिङसहित):

१. भारत: १२४

२. न्युजिल्यान्ड: १०९

३. अस्ट्रेलिया: १०६

४. श्रीलंका: १०३

५. दक्षिण अफ्रिका: १०१

६. पाकिस्तान: १००

७. अफगानिस्तान: ९१

८. इङ्ग्ल्यान्ड: ८६

९. वेस्ट इन्डिज: ८०

१०. बंगलादेश: ७७

दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा पनि दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई ५ रनले पराजित गर्दै शृङ्खला जितेको हो। 

यस जितसँगै दक्षिण अफ्रिकाले सन् १९९८ पछि पहिलो पटक इङ्ग्ल्यान्डको भूमिमा एकदिवसीय शृङ्खला जितेर इतिहास रचेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप