अपडेट
मन्त्रीको गाडीले बालकलाई ठक्कर दिएपछि हरिसिद्धि सडक अवरुद्ध
शनिबार, २१ भदौ २०८२, ०९ : ०९
सारांश
- कोशी प्रदेशका मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालकलाई ठक्कर दिए।
- दुर्घटनापछि स्थानीयले हरिसिद्धि सडक अवरुद्ध पारे, जसका कारण गोदावरी जाने बाटो बन्द भयो।
- घाइते बालकलाई अस्पताल लगिएको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।
ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् ।
हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि स्थानीयले सडक जाम गराएका हुन् । जसकारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण