‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’
शनिबार, २१ भदौ २०८२, १२ : ४२
सारांश
- गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताए।
- उनले निजामती कर्मचारीलाई शुभकामना दिँदै राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्न आग्रह गरे।
- गृहमन्त्री लेखकले निजामती सेवा विधेयक यसै महिना पारित हुने जानकारी दिए।
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता न्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गरे ।
उनले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिए ।
“वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,” गृहमन्त्री लेखकले भने, “निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन् ।” उनले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण