नागरिकलाई समृद्ध बनाउने योजना अनुसार काम गरिरहेका छौँ : प्रदेश अर्थमन्त्री यादव
सारांश
- अर्थमन्त्री सुनिल कुमार यादवले विकासमार्फत नागरिकलाई समृद्ध बनाउने योजनाबारे बताए।
- उनले प्रदेश सरकारले कृषि र भौतिक पूर्वाधार विकासमा जोड दिएको कुरा उल्लेख गरे।
- कार्यक्रममा उनले पार्टी संगठनलाई मजबुत बनाउन आवश्यक रहेको बताए।
रौतहट । मधेश प्रदेश सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादवले विकासको माध्यमबाट नागरिकलाई समृद्ध बनाउने योजना अनुसार काम गरिरहेको बताएका छन्।
गृह जिल्ला रौतहटको कटहरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारले नागरिकलाई समृद्ध बनाउन कृषि र भौतिक पूर्वाधार विकासमा जोड दिएको बताए।
कार्यक्रममा उनले पार्टी संगठनलाई थप मजबुत बनाउन सबै तहका नेता र कार्यकर्ताबीच आपसी विश्वास, समन्वय र निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिए। उनले प्रदेश सरकारले गरेका विकास योजनाबारे जानकारी दिँदै कार्यकर्तालाई पार्टी संगठनमा सशक्त रूपमा क्रियाशील रहन आग्रह गरे।
नेपाली कांग्रेस कटहरिया नगर समितिले आयोजना गरेको यस कार्यक्रममा कार्यकर्ताहरूले आफ्नो गुनासो, समस्या र पार्टी संगठनको सुदृढीकरणबारे छलफल गरेका थिए। नगर कमिटीका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेतादेखि सामान्य कार्यकर्तासम्मको सक्रिय सहभागिता थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण