स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा
शुक्रबार, ०५ असार २०८३, १८ : ०१
सारांश
- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल उमेर हदका कारण अनिवार्य अवकाशमा परेका छन् ।
- गत कात्तिक ३० गते महानिर्देशक बनेका डा. ढकाल स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा भएपछि स्वास्थ्य मन्त्रालयमा आएका थिए ।
- गत वैशाख २९ गते स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट डा. अनुज भट्टचनले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी पाएका थिए ।
काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.केशरबहादुर ढकालले आजदेखि अनिवार्य अवकाश पाएका छन् । गत कात्तिक ३० गते महानिर्देशक बनेका डा.ढकालले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।
स्वास्थ्य सेवाको १२औँ तह अतिरिक्त सचिवमा बढुवा भएपछि डा.ढकाल स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनी पछिल्लो एक महिनायता बिदामा बसेका थिए ।
स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गत वैशाख २९ गते विभागको निमित्त महानिर्देशकमा डा.अनुज भट्टचनले जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण